श्रावण २२,२०७९ / ०९ : १० अपरान्ह / 2022-08-07 09:10 pm

        नुवाकोटको साततले दरबारको पुनःनिर्माण सुरु

        - ३ वर्ष अगाडि
        असार ६,२०७६

        नुवाकोट, नेपाल एकिकरणको जिबित ईतिहाँस बोकेको नुवाकोटको साततले दरबारको पुनःनिर्माण सुरु भएको छ । 

        बिनासकारी भुकम्पले क्षतबिक्षत बनाएको दरबारको चिनियाँ टोलीले पुनःनिर्माण सुरु गरेको हो । १८०१ सालमा पृथ्वीनारायण शाहले दोस्रो पटकको आक्रमणमा नुवाकोटमाथि विजय प्राप्त गरेपछि १८१९ सालमा ललितपुरबाट कालिगड झिकाई साततले दरबार बनाएका थिए । भुकम्पले क्षतबिक्षत बनाएको दरबार हाल सम्म फलामे पोलको टेको लगाएर अड्डाईएको थियो । पुरातत्व बिभाग अन्तर्गत चिन सरकारले दरबारको पुनःनिर्माण सुरु गरेको हो । 

        सरकारले २०६८ बैशाख १३ गते नुवाकोट दरबारलाई संग्रहालयको नाम दिएको थियो । संग्राहलायको रुपमा स्थापित भएको एतिहाँसिक दरबार ४ बर्ष पछी भुकम्पका कारण बन्द भएको थियो । जुन हाल सम्म पनी बन्द रहेको छ । दरबार अबलोकन गर्न आउने दैनिक सयोँ आन्तरिक पर्यटकहरु टेकोले अड्याईएको बाहिरि आबरण हेरेर फर्कने गरेका छन् । 

          सम्बन्धित समाचारहरु