जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली महिला खाडीमा अवैध भएर बस्न वाध्य

      - ६ वर्ष अगाडि
      जेष्ठ ३०,२०७६

      काठमाडौं, सरकारले तीन वर्षअघि मलेसिया र खाडीका देशमा महिला घरेलु कामदार रोजगारीमा जानका लागी प्रतिबन्ध लगाएको थियो । 

      २०७३ चैतमा तत्कालीन संसद्को अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समितिले नेपाली महिलालाई घरेलु कामदारका रुपमा खाडीका मुलुक र मलेसिया रोजगारीमा जान रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । तीन वर्षसम्म यो विषयमा सरकारले आधिकारिक निर्णय गर्न नसक्दा प्रतिबन्ध लगाउनुअघि खाडीका देश र मलेसिया पुगेका महिला कामदार अवैध भएर उतै बसिरहेको कुरा बाहिर आएको छ । उनीहरु रोजगारदाताकै देशमा शरण लिएर बस्न बाध्य भएका छन् ।

      सरकारले रि–इन्ट्री पनि बन्द गर्दा धेरै घर बिदामा आएका महिला फर्किन पाएनन् । यही समस्यामा पर्ने भन्दै खाडी तथा मलेसियामा रहेका महिलाहरु घर बिदामा फर्किएका छैनन । श्रम समितिको उक्त निर्णयपछि कोही पनि महिला घरेलु कामदारका रूपमा विदेश जान पाएका छैनन् ।

      घर बिदामा आएपछि पुनः जान नपाउने डरले कतिपय महिलासमेत स्वदेश नफर्की रोजगारदाता देशमै शरण लिएर बसिरहेका छन् । सरकारले महिला घरेलु महिला कामदारलाई ओहोरदोहोरमा रोक नलगाउन सम्बन्धित देशका कुटनीतिक नियोलगले नेपालको सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरेपनि नेपालका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक निर्णय गरिएको छैन ।

      सरकारले प्रतिबन्ध लगाउनुअघि खाडीका देश र मलेसिया रोजगारीका लागि पुगेका महिला कामदारको श्रम अवधि सकिएको छ । हाल खाडीका देश र मलेसियामा करिब २ लाखभन्दा बढी तीन वर्षअघि घरेलु कामका लागि गएका महिला कामदार अवैध भएर रोजगारी गरिरहेको सरकारको अनुमान छ । खाडीका देश र मलेसियामा करिब २५ लाख नेपाली रोजगारीमा कार्यरत छन् । जसमध्ये ३ देखि ५ लाख महिला रहेको सरकारी अनुमान छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d