जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      इटहरीको लफडा - मेयर र पत्रकार दुवै दोषी

      - ६ वर्ष अगाडि
      जेष्ठ २९,२०७६

      इटहरी, इटहरीका मेयर द्वारिकालाल चौधरीले पत्रकारलाई दिएको धम्की र दुर्व्यवहारबारे पत्रकार महासंघको मिसन टोलीले प्रतिवेदनको निष्कर्ष सार्वजनिक गरेको छ। 

      उक्त प्रतिवेदन अनुसार मेयर चौधरी तथा पत्रकार दुवैको गल्ती रहेको छ । साथै प्रतिवेदनले केही सुझावसमेत दिएको छ। नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले धम्कीको विषयमा सत्यतथ्य पत्ता लगाउन बनाएको मिसन टोलीले मेयर र पत्रकार दुवैको गल्ती औल्याएको हो । 

      मिसन टोलीका संयोजक मोहनकाजी न्यौपानेका अनुसार घटनासँग सम्बन्धित ३० जनासँग गरिएको कुराकानी र प्राप्त प्रमाणका आधारमा प्रतिवेदन तयार पारिएको हो। 

      सार्वजनिक प्रतिवेदनमा पत्रकार विराट अनुपमले मेयर चौधरीलाई उत्तेजित बनाएको र उनले धेरै पत्रकार तथा सामाजिक व्यक्तिको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भनेर धेरै गुनासो आएको उल्लेख छ। 

      त्यस्तै पत्रकारले लेखेको फेसबुक स्टाटसमा चौधरीले कमेन्ट गरेको विषयमा फोन गरेर उत्तेजित बनाएको पाइएको उल्लेख छ। मेयरले दिएका धम्की असंवैधानिक भएको प्रतिवेदनमा उल्लेख छ।  रिपोर्टमा पत्रकार कृष्णबाहव भट्टराई र विकल रेग्मीमाथिको शारीरिक हमला अभद्र र गम्भीर रहेको उल्लेख छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d