जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      थलिमा आन्दोलन , सडक नै दोशी

      - ६ वर्ष अगाडि
      जेष्ठ २८,२०७६

      काठमाडौं, सडक निर्माणमा ढिलाई गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण उक्त क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

      स्वतः स्फुर्त सडकमा निस्किएका युवाहरुले सडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

      स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै उनीहरुविरुद्ध अहिले प्रदर्शनकारीहरुले नाराबाजी गरिरहेका छन् । आक्रोसित युवाहरुले सडकमा टायरसमेत बालेका छन् ।

      ‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध कारबाही गर्न पनि माग गरेका छन् ।

      प्रदर्शनमा उत्रिएका युवाहरुले सवारीसाधन चल्न दिएका छैनन । 

      थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि त्यसको स्तरोन्नतिको काम पूरा भएको छैन । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माण अलपत्र भएपछि प्रदर्शन भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d