जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      बालविवाह हुने शीर्ष १० देशमा नेपालपनि

      - ६ वर्ष अगाडि
      जेष्ठ २६,२०७६

      काठमाडौं-बालविवाह हुने मुलुकमध्ये नेपाल विश्वका उच्च १० सूचीमा सूचीकृत भएको छ ।

      विश्वका विभिन्न ८२ मुलुकको अध्ययन गर्दा नेपाल बालविवाह हुने शीर्ष १० मा परेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले जनाएको छ ।

      २० देखि २४ वर्षका नेपाली पुरुषमध्ये एक जनाको बाल्यावस्थामै विवाह हुने गरेको युनिसेफको पछिल्लो अध्ययनले देखाएको छ । दक्षिण एसियासहित अफ्रिकाको उप–सहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा उमेर नपुग्दै बालविवाह हुने गरेको छ ।

      तथ्यांकअनुसार मध्यअफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै २८ प्रतिशत बालविवाह भएको छ भने निकाराग्वामा १९ प्रतिशत र मदगास्करमा १३ प्रतिशत बालकको उमेर अगावै विवाह हुने गरेको छ ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d