सुन्दा नै अचम्म लाग्ने घटना घटेको छ । बारामा दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर हत्या गर्ने प्रयास गरेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
बारा महागढीमाई नगरपालिका १ की ४० वर्षीया कलावतीदेवी गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गिरीले छिमेकी बालिकालाई बिहीबार झन्डै २ बजे उठाएर योनीमा कपडा घुसाएर मार्न खोजेकी थिइन्।
उनले पहिला बालिकालाई खेलिरहेको अवस्थामा घरअगाडिबाट उठाएर एकान्त ठाउँमा लगेकी थिइन्।
बालिकाको अहिले कलैया अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पातल प्रशासनले जनाएको छ ।
पीडक महिला बालिकाकी नाता पर्छिन्। पारिवारिक ‘रिसिबी’ साँध्न उनले बालिकालाई मार्न खोजेको अनुसन्धानमा खुलेको छ।
गिरिलाई पक्राउ गरी गिरीलाई जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई हिरासत राखिएको प्रहरीले जनाएको छ।








