जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

      - ६ वर्ष अगाडि
      जेष्ठ २५,२०७६

      अर्घाखाँची , श्रीमानको कुटपिटबाट अर्घाखाँचीको सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ ।

      मृत्यु हुनेमा सितगंगा–१ मन्द्रे घर्तीसारा निवासी ३४ वर्षीया बसन्ता खत्री रहेको प्रहरीले जनाएको छ । 

      जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका उनका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले आफ्नो श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए । 

      टाउको ठोक्किदा नाककानबाट रगत बगेर मृत्यु भएपछि मृतकका माईती पक्षले प्रहरीमा उजुरी दिएका थिए । 

      घटनाबारे थाहा पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । 

      सो क्रममा विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनि मृतकको घाटीमा पासो देखाउँदै आफूले बचाउन पासो काटिदिएको प्रहरीलाई झुठो कुरा बताएका थिए । 

      तर पछी जिल्ला अस्पताल सन्धिखर्कमा शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले सोधपुछ गर्दा तब उनले घटनाबारे मुख खोलेको प्रहरीले जनाएको छ । 

      आफुले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाईदिएको  उनले स्विकार गरेका छन् । 

      आफुले मुक्कै मुक्काले हानेर झ्यालमा टाउको ठोक्काएर नाककानबाट रगत बगेर श्रीमतीको मृत्यु भएको उनले स्विकार गरेका हुन् । 

      मृतक खत्रीको अनुहारमा र शरिरको विभिन्न ठाँउमा निल डाम रहेको छ । अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d