जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      पोर्चुगलमा दुर्घटना हुँदा एक नेपालीको मृत्‍यु

      - ६ वर्ष अगाडि
      जेष्ठ २१,२०७६

      काठमाण्डौ , रोजगारको शिलशिलामा युरोपेली देश पोर्चुगल पुगेका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ ।

      पोर्चुगलको राजधानी लिस्बनबाट करिब  ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति निधन भएको हो पारिवारिक स्रोतले जनाएको छ । मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ ।

      शर्मा  एक वर्ष अगाडि पोर्चुगल गएका थिए । उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले  जनाएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d