जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      हावाहुरिका कारण बालिकाको मृत्‍यु

      - ६ वर्ष अगाडि
      जेष्ठ २०,२०७६

      नवलपरासी, आइतबार बेलुका आएको हावाहुरीले नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको ज्यान गएको छ । 

      बेलुका आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जली यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । 

      प्रहरिका अनुसार जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु हो । 

      हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएका छन । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । हावाहुरीले घरको छानो उडाइदिएको छ ।

      हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d