जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      रहस्य मै दरबार हत्याकाण्ड

      - ६ वर्ष अगाडि
      जेष्ठ १९,२०७६

      काठमाडौँ, राजा विरेन्द्रको वंशनास हुने गरि दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुगेको छ । विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । 

      राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो।

      घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। घटनापछि तत्कालिन सरकारले छानबिन समिति गठन गरेपनि अझै हत्याको यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको प्रतिवेदन आउन सकेको छैन्। जसका कारण यस दिन नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ ।

      तत्कालि छानविन समितिले युवराज दिपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो । तत्कालिन छानविन समितिको तथ्य अनुसार युवराज दिपेन्द्रले नै राजा विरेन्द्रको वंश नाश गरेको मानिन्छ । तर, यो प्रतिवेदनको दाबीलाई अहिले पनि आम नागरिक मान्न तयार छैनन् । 

      दरबारमै कार्यरत उच्च पदस्त अधिकारीहरुले लेखेको किताबमा पनि दिप्रेन्द्रप्रति नै औला उठाइएको छ । तर, यस्ता किताबमा गरिएको दाबीलाई पनि नागरिकले स्विकारेका छैनन् ।

      केहिले त निश्चित ब्यक्तिलाई जोगाउन किताव लेखाएको भनेर समेत टिप्पणी गरेका छन् । मरेका दिपेन्द्रमाथि आरोप लगाएर अरुलाई चोख्याउन खोजेको नागरिकको आरोप छ । अत्यन्त रहस्यमय बनेको घटनाको निष्पक्ष छानविनको पटक पटक माग हुँदै आएको छ ।

      दरबार हत्याकाण्ड भएको १८ वर्षमा दर्जनौ सरकार फेरिदा पनि कसैले छानविन गर्ने हिम्मत गरेका छैनन् । जनस्तरबाट अहिले पनि छानविनको माग हुँदै आएको छ। 

      दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बन्न पुगे । 

      साभार - नेपालसमय 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d