काठमाडौं - गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले ४ सय ३४ कैदीलाई सजायँ माफी दिइकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसमा ४३४ कैदीलाई सजायँ माफी दिएकी हुन् । माधव राईसहितका कैदीलाई माफी दिइएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्र प्रमुखले माफी दिने ब्यवस्था छ ।
यसैबीच राष्ट्रपति विद्या भण्डारीले गणतन्त्र दिवसको अवसरमा आज पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान पनि गर्दै छिन् ।








