वैशाख ७,२०८१ / ०८ : ३८ पूर्वान्ह / 2024-04-19 08:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      काफल बेचेरै पढाइ खर्च

      - ४ वर्ष अगाडि
      जेष्ठ ७,२०७६

      पाल्पा - पढाई खर्च जुटाउनका लागि पाल्पाको ग्रामीण भेगका बालबालिका बिहान र बेलुकाको समयमा काफल बेच्ने गरेका छन् । रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका बालवालिका काफल बेचेरै कापी किताव किन्ने गरेका हुन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको हार्थोक–अधाँखाँची सडकखण्डमा काफल बेच्न बालबालिकाको भिड लाग्ने गर्छ । उनिहरु सबैलाइृ कसले बढी काफल बेच्ने र कती कमाउने भन्ने होडबाजी चल्छ । स्थानीय सोमहर आधारभूत विद्यालयमा कक्षा ५मा अध्ययनरत केशव वास्ताकोटी बिहान ९ बजेसम्म काफल बेचेर ५ सयदेखी एक हजार रुपैयाँसम्म कमाई गर्छन र त्यसैबाट आफ्नो कपी कलम किन्ने गरेका छन ।  

      तम्घास–रिडी–पाल्पा–बुटवल सडक खण्डको मालमुल क्षेत्रको सडक छेउमा बसेर उनीहरुले काफल बेच्ने गर्छन् । सडकमा ओहोरदोहोर गर्ने बस, जिप, मोटसाइकलका यात्रुहरुलाई काफल किनिदिन आग्रह गर्दै काफल बेच्ने उनिहरुले बिहान टिपेको काफल दिउँसो नहुँदै सकिन्छ । काफल ताजा पाइने भएपछि यात्रुहरु पनि खुसिसाथ काफल किन्न रुचाउछन् ।  कतिले निजी र सामुदायिक वनमो काफल पाक्न थालेपछि दिनहुँ जंगल चहारेर टिपेको फल थोकमा बिक्री गर्छन । दिनभरि टिपेको काफल मानाको ५० रुपैयाँमा बिक्री गरेर दाल, चामल, नुन, तेललगायतका घरायसी सामग्री किन्ने गरेको माथागढी गाउँपालिकाका महिलाहरु बताउछन् । 

      पहाडी भू–भागमा पाइने जंगली फल काफल पाल्पामा मात्रै होइन अन्य पहाडी जिल्लाका बिद्यार्थीका लगि पनि खर्चको श्रोत बनेको छ । 

        सम्बन्धित समाचारहरु