जेष्ठ १२,२०८३ / ११ : ३४ पूर्वान्ह / 2026-05-26 11:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      अश्लील सामग्री नियन्त्रण गर्न पाचँ लाख कार्यालय स्थापना

      - ७ वर्ष अगाडि
      मंसिर १०,२०७५

      काठमान्डौ, अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ । 

      त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ । 

      हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गरी सामाजिक तथा सांस्कृतिक वातावरणलाई स्वच्छ बनाइराख्न ती कार्यालयहरूले महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले बताएका छन् । 

      चालु बर्ष २०१८ को पहिलो तीन त्रैमासिकमा अश्लील सामग्री तथा गैरकानुनी प्रकाशन अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष झण्डै १० प्रतिशतले वृद्धि भएको छ । यसरी वृद्धि हुनेमा झेजिआङ, जीआङसु, क्वाङतोङ, बेइजिङ र साङ्घाइलगायतका प्रदेशहरु रहेका छन् । 

      कार्यस्थलमा स्वयमसेवकहरुलाई खटाइएको र उनीहरुसँग युवादेखि वृद्धवृद्धासम्मले यसबारेमा कुराकानी तथा छलफल गर्ने गरेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d