जेष्ठ १२,२०८३ / ११ : ३४ पूर्वान्ह / 2026-05-26 11:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      बचाउन सकिएन शरीर जोडिएका जुम्ल्याहा बालिकालाई

      - ७ वर्ष अगाडि
      मंसिर ९,२०७५

      काठमाडौं,  सुर्खेतमा शरीर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहाको मृत्यु भएको छ । उनीहरु उपचारका लागि परामर्श र छलफल चलिरहेका बेला निधन भएको छ ।

      मंसिर २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बालिकाको शनिबार राति मृत्यु भएको हो ।

      कालिकोटको रास्कोट नगरपालिका–५ सिउनाकी ललिता बुढाले ती दुई बालिकालाई जन्म दिएकी थिइन् । बालिकाहरूको तौल ३ किलो ६०० ग्राम थियो । कलेजो र मुटु जोडिएको अवस्थामा ती बालिकाको जन्म भएको थियो ।

      एक्सरेपछि उनीहरूको शल्यक्रिया गर्ने अस्पतालको तयारी थियो । तर उनीहरूको शल्यक्रिया गर्न सकिने अवस्था नरहेको अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए ।

      ‘हामीले काठमाडौंदेखि देशका विभिन्न ठाउँहरुसँगै भारतको दिल्लीसम्म बालिकाहरूको शल्यक्रियाका लागि कुरा ग¥यौं’, डा. केसीले भने, ‘तर हामीले सम्पर्क गरेका कुनै पनि ठाउँबाट शल्यक्रिया हुन नसक्ने जानकारी आयो ।’

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d