काठमाडौं, काठमाडौको लाजिम्पाटस्थित तिनवटा विजुलीको पोलमा आगलागी भएको छ ।
लाजिम्पाट चोकस्थित रहेको एम्बास्डर होटल अगाडी रहेको तिनवटा पोलमा आगलागी भएको हो । आगलागी विद्युत् सर्ट भएर लागेको बताईएको छ । नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको छ ।
आगलागीबाट पोलमा टाँगिएका तारहरुमा सामान्य क्षति भएको छ भने लाजिम्पाट क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।








