काठमाडौं, मंगलबार कावासोतीस्थित ट्रक दुर्घटना हुंदा एक भारतीयसहित चार यात्रु घाईते घाईते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा मंगलबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नं .को ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नंको ट्रकमा ठोक्किँदा ना ५ ख ५९४६ नं. को ट्रकमा सवार यात्रु घाइते भएका हुन् ।
घाइतेको अहिले स्थानीय नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ ।








