चैत २२,२०८२ / ०६ : ३९ अपरान्ह / 2026-04-05 06:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रारम्भ

      - ७ वर्ष अगाडि
      असार २२,२०७५

      काठमाडौं, राष्ट्रपति महिला  उत्थान कार्यक्रमअन्तर्गत  स्थानस्य तहका जननिर्वाचित प्रतिनिधिका लागि लिङ्गका आधारमा हुने हिंसालाई कम गर्न सुनसरीको ईटहरीमा एकदिने अभियान कार्यक्रम शुक्रबार  प्ररम्भ भएको छ । 

      महिला तथा बालबलीका विभागको आयोजनमा  भएको सो अभियमन कार्यक्रममा स्थानीय तहमा नै कसरी जनप्रतिनिधिमार्फत  विभिन्न नाममा हुने गरेको लैङ्गिक हिंसा तथा विभेत कसरी कम गर्न सकिन्छ भन्ने  विषयमा सचेत जनप्रतिनिधि तयार गर्नु उक्त अभियानको मुख्य उदेश्य रहेको छ । ईटहरी उपमहानगरपालीकाका उपप्रमुख तथा कार्यक्रमका संयोजक लक्ष्मी गौतमको अध्यक्ष्यतामा भउको सो अभियानमा  जिल्ला समन्वय समिति सुनसरीका उपाध्यक्ष कृष्णकुमारी विश्वकर्माले पुरुष वा महिलाबाट हुने गरेको हिंसा अर्थात् चाहे पुरुषबाट महिलामा हुने हिंसा होस् या मलिाबाट पुरुषमा हुने हिंसा होस् यि दुवै मानव धिकार उलङ्घनको जघन्य अपराध भएकाले विभेदमा कमी ल्याउन सबैले आ–आफ्नो पक्षबाट दायित्व निर्वाह गर्न जरुरी रहेको बताईन् । 

      सो अभियान कार्यक्रममा  ईटहरी उपमहानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल, महिला तथा बालबालिका विभागका अधिकृत हरिप्रसाद अधिकारी, दुहवी नगरपालिकाका उपप्रमुख सुनिता दाहाल, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगर, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सुनसरी महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्जला चुडाललगायतको उपस्थिती रहेको थियो ।

       इटहरी उपमहानगरपालिका तथा दुहवी, रामधुनी र बराहक्षेत्र नगरपालिकाका जननिर्वाचित पदाधिकारीको सहभागिता रहेको अभियान कार्यक्रममा बोक्सी हुँदैन भन्ने अग्नि दहन चलचित्रसमेत प्रःतुत गरी गाउँघर र समाजमा विद्यमान बोक्सी प्रथाविरुद्ध कसरी सचेत रहने भन्ने ज्ञानसमेत दिने कार्यक्रम अभियानमा समावेश गरिएको छ ।

        सम्बन्धित समाचारहरु