चैत २२,२०८२ / ०६ : ३९ अपरान्ह / 2026-04-05 06:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      हतियार सहित पाचँजना पक्राऊ ।

      - ७ वर्ष अगाडि
      असार २१,२०७५

      काठमान्डौ, संखुवासभा प्रहरीले ठूलो मात्रामा हतियार र गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ । 

      जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सिलिचोङ्ग गाउँपालिका–५ का केदार राई, ४ का पूर्णकुमार राई, र सूर्यबहादुर तथा राई चिचिला–२ का सुरेन्द्र राई र भारत बिहारका मोहम्मद मुन्ना खानलाई सार्वजनिक गरिएको हो । 

      उनीहरुका साथबाट ७६५७ युएसए लेखिएको पेस्तोल एक थान, गोली १४ राउन्ड, म्यागजिन र थ्रीनट थ्री राइफल दुई दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग गरिने गोली र विस्फोटक पदार्थ, डेटोनेटर, त्यसको खाली कभर दुई थान, एन्टेना जोडिएको सेतो रङको रिमोट, भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायत सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताउनुभयो । 

        सम्बन्धित समाचारहरु