जेष्ठ ११,२०८३ / ०३ : ४२ अपरान्ह / 2026-05-25 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      १५ वर्षीय वालिका बलात्कृत

      - ७ वर्ष अगाडि
      असार १९,२०७५

      काठमान्डौ, भारतको जबलपुरमा एक १५ वर्षीय बालिकालाई उनका आफ्नै ठुल्दाजुका तीनजना साथीहरुले बलात्कार गरेको स्थानीय प्रहरीले जनाएको छ । 

      पीडीत बालीका घरमा एक्लै भएको मौका पारेर घटना घटाएको सी. एस. पी. अखिल बर्माले बताएका छन् । 

      आफ्नो दाजुका साथीहरु भएकोले पीडीत बालीकाले कुनै शङ्का नगरेको र घरमा कोही नभएको मौका पारी भित्रबाट ढोका थुनेर उनीहरुले पालैपालो बलात्कार गरेका थिए । उनीहरुले बलात्कार पछि यो कुरा कसैलाई भने बालिकालाई मारिदिने धम्की दिएका थिए । 

      बालिकाले केही दिन उक्त कुरा गुपचुप राखेकी थिइन् । जब उनले आफ्नो परिवारलाई भनीन् त्यसपछि लगत्तै उनका परिवारले प्रहरीलाई खबर गरेका थिए । पीडक सबैलाई नियन्त्रणमा लिइसकेको र थप अनुसन्धानको प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d