जेष्ठ ११,२०८३ / ०३ : ४२ अपरान्ह / 2026-05-25 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भरतीय हात्ती गाउँमा पसेपछि स्थानीय वासी वन्यो त्रसित

      - ७ वर्ष अगाडि
      असार १४,२०७५

      काठमाडौं, झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । 

      मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो । बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी कार्यालय धुलाबारीले सचेत गराएको छ । 

      इलाका प्रहरी कार्यालय धुलाबारी, काँकडभिट्टाबाट खटेको सुरक्षाकर्मी र सशस्त्र प्रहरी सहितले गाउँमा सुरक्षा प्रदान गरिरहेको वडाध्यक्ष भट्टराईले बताए । छिमेकी मुलुक भारतबाट आएको जंगली हात्तीलाई दिनभर बगानबाट अन्यत्र जान नदिई सुरक्षा दिने र साँझ परेपछि भारततिरै लखेट्ने इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले जानकारी दिए । 

      हात्ती बसेको चिया बगानबाट दुई किलोमिटरको दूरीमा रहेको ज्यामिरगढी माध्यमिक विद्यालय समेत जोखीममा परेको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d