जेष्ठ ११,२०८३ / ०३ : ४३ अपरान्ह / 2026-05-25 03:43 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘बोक्सी भगाउने’ भन्दै रामेछापमा सिस्नोपानी र तातो फलामले डाम्दा एक महिला बेहोस

      - ७ वर्ष अगाडि
      असार ७,२०७५

      शरीरबाट बोक्सी निकालेर फाल्दिने भन्दै सिस्नोपानी र तातो फमामले गालामा डाम्ने ओखलढुंगास्थिित लिखु गाउँपालिका—२ रगनीका ३५ वर्षीय रविन्द्र नेवारलाई प्रहरीको पक्राउ गरेको छ । लामो समयदेखि पेटको रोगी सरिता गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्दासमेत ठीक नभएपछि थप उपचारको लागि काठमाडौं गएकी थिइन् । उपचारको खाजीमा काठमाडौं पुगेकी सरिता उनकै नन्दभाई रविन्द्रको कोठामा बाँस बसेकी थिइन् ।

      लामो समयदेखि पेटको विरामले च्यापेकाले उपचारको खोजीमा काठमाडौँ आएको उनले रवीन्द्रलाई बताइन् । सरितालाई रवीन्द्रले ‘यो रोग लागु हुनसक्ने’ र ‘गाउँमै धामी बसेर ठीक पारिदिन्छु’ भन्ने झुठा आश्वासन दिएर काठमाडौंबाट सँगै गाउँ फर्किए ।
      गाउँ आएपछि गत २४ जेठ घरमै रवीन्द्र धामी बसे । सरिताको शरीरमा कुनै रोग नभएले बोक्सीले नै दुःख दिएको भन्दै शरीरबाट बोक्सी भगाइदिने झठो आश्वासन दिए ।

      त्यसपछि रवीन्द्रले सरिताको शरीमा सिस्नो पानीले हाने र लगत्तै तातो फलामले दाहिने गालामा डामे । उनी त्यसको पीडा खप्न नसकेर बेहोस भइन् । उनी बेहोस भएपछि धामी रविन्द्र काठमाडौं भागे । सरिताले आफूमाथि भएको दुव्र्यवहारबारे मगंलवार जिल्ला प्रहरी कार्यालयमा बोक्सी ऐन–२०७२ अनुसार उजुरी दर्ता गराइन् ।

      उनको उजुरी दर्ता हुने वित्तिकै धामी रविन्द्रलाई पक्राउ गर्न काठमाडौं प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए । बोक्सी ऐन २०७२ अनुसार पिडा दिने पीडकलाई ३ देखि ७ वर्षसम्म जेल सजाय हुने र पीडित महिलालाई क्षतिपूर्तिसमेत भराउने कानुनमा व्यवस्था रहेकाले सोही अनुसार मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

      प्रहरीले घटनामा सहयोगी भूमिका खेलेको भन्दै स्थानीय दीपक दर्जी, राजन पौडेल र गोहित सार्कीलाई पनि पक्राउ गरी मुद्दा दायर गरेको छ । नयाँ पत्रिकाबाट

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d