काठमाडौं, नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ ।
सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान गरेको हो । हडतालका कारण काठमाडौँ उपत्यकालगायत अधिकांश स्थानका निजी (संस्थागत) विद्यालय बन्द भएको बताउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष विजय सम्बाहाम्फेले माग पूरा गर्ने नाममा विद्यालय बन्द गराउनु गलत भएको बताए ।
सामुदायिक विद्यालयमा भने यथावत रुपमा पढाइ भइरहेको जानकारी आएको छ ।








