जेष्ठ ११,२०८३ / ०३ : ४२ अपरान्ह / 2026-05-25 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पक्राउ परे विद्युत् चोरीको आरोपमा वडाध्यक्षसहित २१ जना

      - ७ वर्ष अगाडि
      असार १,२०७५

      काठमाडौं, सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडाध्यक्षसहित २१ जनालाई शुक्रबार पक्राउ गरिएको छ । 

      जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको विद्युत् प्राधिकरण राजविराजले जनाएको छ । पक्राउ परेका वडाध्यक्षसहितको नाम जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले संयुक्तरुपमा तयार गरिएको मुचुल्कामा उल्लेख गरीएको छ । 

      विद्युत्को पोलमा सीधै हुकिङ गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरणका सप्तरी प्रमुख चन्द्रनारायण साहले बताए । 

      पक्राउ परेका उनीहरुको साथबाट दुईथान पानी तान्ने मोटर, दुईथान एलएडी टेलिभिजन, एकथान पंखालगायतका सामान बरामद गरिएको साहले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d