काठमाडौं, पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र सञ्चार कर्मी फिर्केखोलामा खसेर घाईते भएका छन् ।
कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेलसहित ५ जना फिर्के खोलामा खसेका हुन् । पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ भने पत्रकार अधिकारी उपचार पछि घर फर्किएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठको अवस्था भने सामान्य रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मान बहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना हुन पुगेको हो । मेयर जिसीले झुक्किएर डोजरको लिभर दवाउँदा डोजरको बकेटले रेलिङ भत्काउको थियो ।
सोही क्रममा रेलिङमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलामा खसेका थिए ।








