चैत १८,२०८२ / ०४ : ०६ अपरान्ह / 2026-04-01 04:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सञ्चारका साधनका कारण कम उमेरमा विवाह

      - ८ वर्ष अगाडि
      चैत १२,२०७४

      ललितपुर,  सञ्चारका साधनका कारण कम उमेरमा विवाह गर्ने क्रम बढेको छ ।

      सामाजिक सञ्जाल वा फोनबाट चिनजान भएकै भरमा किशोर–किशोरीले विवाह गर्ने घटना प्रहरीसम्म धेरै आइरहेको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ । महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले सोझै विवाह गरेका भन्दा पनि अभिभावकले छोरा वा छोरी हराएको भन्दै उजुरी गर्ने गरेको बताउनुभयो ।

      उहाँले भन्नुभयो, “हराएका भनेर फेला परेकामध्ये अधिकांश घटना परिवारलाई जानकारी नदिइ  विवाह गरेको  हुने गरेको छ ।” पहिले परिवारले बाल विवाह गराउने गरेकामा अहिले त्यो घट्दै छ । आफूखुशी विवाह गर्ने क्रम भने बढेको छ ।

      प्रहरीसम्म आउने धेरै घटनामा छोटो समयमा र प्रत्यक्ष रुपमा नदेखेर च्याट वा फोनमा कुरा गरेकै भरमा किशोर–किशोरीले विवाहसम्म गर्ने गरेको प्रहरी जानकारी दिंदै निरीक्षक श्रेष्ठले भन्नुभयो, “एकातिर आमाबाबु चिन्ताले खोजिरहन्छन् भने अर्कातिर सन्तानले भागेर विवाह गरिसक्छन् ।” साउनदेखियता मात्रै २७ बालक र ६८ बालिका हराएको भन्दै उजुरी परेको थियो । तीमध्ये १५ बालक र २२ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

        सम्बन्धित समाचारहरु