जेष्ठ ३०,२०८३ / ०६ : १२ पूर्वान्ह / 2026-06-13 06:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

      - २ हप्ता अगाडि
      कार्तिक १०,२०८२

      बिराटनगर, आज छठ पर्वको मुख्य दिन हो । आजको साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँनेछ ।

      छठ पर्वको मुख्य दिनमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । छठ पर्वको मुख्य दिनमो सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

      ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । छठ पर्व विशेषगरी तराई क्षेत्रमा मनाइन्छ । तर केहि समय देखि पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।

      छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

      छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् ।

      यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा पनि स्थापित भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d