दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।
विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय पुनले बताएका छन् । उनले त्याहाँ प्रायःसबैको घरमा पलमका बोट छन् तर उनकोमा मात्र फूल फुलेको बताएका छन् ।
वनस्पतिविज्ञ खेमराज शर्माले भने यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताएकाछन् । “तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उनले भने ।








