जेष्ठ १२,२०८३ / ०५ : ३३ अपरान्ह / 2026-05-26 05:33 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज भाद्र शुक्ल चतुर्थी : गणेश चतुर्थी पर्व मनाइँदै

      - ३ हप्ता अगाडि
      भाद्र ११,२०८२

      काठमाडौं, आजा भाद्र शुक्ल चतुर्थीका दिन विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व मनाइँदै छ । प्रत्येक वष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ ।  शास्त्रीय मान्यता अनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको हो ।

      यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

      शिवपार्वतीका पुत्र गणेशको जुनसुकै धार्मिक कर्म हुनू अघी पूजा गर्नु पर्ने चलन छ । उनलाई अग्रपूजाको अधिकार प्राप्त छ ।

      आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । विधान गणेश पुराणमा भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने उल्लेख छ । बिहान हरितालिका तीजको व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको छ ।

      यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत राख्दछन् ।

      यस दिन बालबालिकालाई 'छुस्यामुस्या' बाँड्ने चलन पनि नेवार समुदायमा छ ।

      विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d