जेष्ठ ३०,२०८३ / ०५ : २० पूर्वान्ह / 2026-06-13 05:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      मधेशमा हत्या बढ्दै, सानातिना विवादले लिन्छ ज्यान

      - १ वर्ष अगाडि
      जेष्ठ २९,२०८२

      काठमाडौं, मधेश प्रदेशका जिल्लाहरूमा सानातिना विवादबाट सुरू भएका झगडा हत्या सम्म पुग्ने गरेको पाइएको छ।

      प्रतिशोध, प्रेम सम्बन्ध, आर्थिक विवाद, बेरोजगारी र व्यक्तिगत रिसइबीजस्ता कारणले हत्या बढेका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काका अनुसार छिमेकीबीचको सामान्य मनमुटाव समेत अहिले हिंसात्मक रूप लिँदै गएको छ। आफन्त, परिवार वा छिमेकीबीचको विवाद हत्या जस्तो चरम अपराधमा परिणत हुने गरेको छ।

      मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार २०७७–७८ मा ९३ हत्या भएका थिए। यो संख्या २०८०–८१ मा १२८ पुगेको छ। २०७८–८१ को बीचमा सबैभन्दा बढी हत्या धनुषामा २१, सिरहामा २०, रौतहट र पर्सामा १८–१८, सप्तरीमा १७, बारामा १५, सर्लाहीमा १० र महोत्तरीमा ९ भएका छन्।

      हत्या घटनाको यस्तो निरन्तर वृद्धि देखिँदा स्थानीय बासिन्दा त्रसित छन्। प्रहरीले समुदायमा चेतना फैलाउने र अपराध रोक्ने अभियान अघि बढाउने जनाएको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d