जेष्ठ १२,२०८३ / ०५ : ३६ अपरान्ह / 2026-05-26 05:36 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कञ्चनपुरमा अजिङ्गरको उद्धार

      - १ वर्ष अगाडि
      भाद्र १८,२०८१

      कञ्चनपुर बेलौरी नगरपालिका–७, वर्का सिङ्पुरमा स्थानीयले उखुबारीबाट एक ब्रुमाइज पाइथन (अजिङ्गर)को उद्धार गरेका छन् ।

      सोमबार साँझ स्थानीयहरुले मध्य ब्रुमाइज पाइथन प्रजातिको अजिङ्गरलाई उखुबारीबाट उद्धार गरी सिंहपाल सामुदायिक वन क्षेत्रमा पुनः छोडेको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिएका छन् ।

      बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार, उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको छ ।

      अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने आशंका गरीएको छ । वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्रको संरक्षण गरिएकाले अजिङ्गर र अन्य सर्पको सङ्ख्या बढ्न थालेको थारुले बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d