उर्लाबारी - नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङको आयोजनामा उर्लाबारीमा बाटेको धुप बनाउने तालीम सम्पन्न भएको छ । बिहिबार भएको उक्त तालीममा मोबाइल बैंकीङ सम्बन्धी तालिमको पनि सामिल्यता थियो । संचालन भएको २ दिने तालिममा उर्लाबारीका ६० जना भन्दा बढि महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । धुप बनाउने तालीम साँच्चै प्रशंसनीय भएको सहभागि महिलाहरुले बताएका छन् । यस कार्यक्रमले महिला उद्यमशीलता र आत्मनिर्भरता प्रोत्साहन गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको उनिहरुको भनाई छ ।
गाँउघरमा पाइने कच्चा सामाग्रीहरुलाई सदुपयोग गर्दै उद्यमी बनेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सहित महिला उद्यमी तथा प्रशिक्षक मालती आर्चयाले बाटेको धुप सिकाउन सहजीकरण गरेकी थिइन् ।
समितीले तिजमा सिप भन्ने नाराका साथ ३ वटा शिर्षकामा तालिमको संञ्चालन गरेको हो । सिपमुलक एवं आयआर्जनमूलक तालीमहरु प्रदान गर्ने सिलसिलामा यस भन्दा अगाडि खेर गइरहेको मकैको खोष्टालाई सदुपयोग गरी विराटनगरमा व्याच र फुल बनाउने तालिम सम्पन्न भइसकेको छ । सहभागीहरुलाई आँफुहरुले सिकेको सीपलार्ई आपनो व्यवहारिक जीवनमा सहि सदुपयोग गरी परिवारकोे आयआर्जन वृद्धि गरी स्वाबलम्बी बन्न सक्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङकी अभ्यक्ष अमृता भण्डारीले बताइन् ।
यस्तै तालिमको माध्यमबाट महिलाहरूलाई नयाँ–नयाँ सीप सिकाउने र तिनको आर्थिक स्थिति सुधार्ने लक्ष्य राखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिकी निवर्तमान अध्यक्ष शुनिता छाहाराङ्खले जानकारी दिइन् ।
आजको तालिमलाई सहयोगी निर्वाक गरेको सप्तकोशि डेभलपमेन्ट बैंक प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेलले तालिम लिइसकेपछि उद्यमी बन्न बैंक कर्जा आवश्यक परेको खण्डमा कर्जा लिनको लागि सहज वातावरण सिर्जना गर्दै जाने बताए ।
यस्तै समितीले मात्र नभएर हरेक संम्कन्धित निकायहरुले यस्ता सिपमुलक तालिमको आयोजना गर्ने हो भने चुलोचौकामा सिमित रहेका महिला दिदीहहिनीहरुलाई बाहिर निस्किन सहयोग गर्ने तालिमकी बरीष्ठ अतिथी महिला उद्यमी निर्मला चौहान निरुले बताइन् ।
समाजमा काम नलाग्ने खेर गइरहेका वस्तुबाटै कलात्मक सामाग्री सृजना गरी आर्थिक रुपमा महिलाहरु मजवुत बन्दै बनाउदै लाने र भोलीका दिनमा आवश्यक अनुसार सहयोग गर्दै जाने नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति उर्लाबारीकी अध्यक्षले प्रतिबद्धता व्यक्त गरीन् ।
समितिले आगामी दिनहरूमा पनि यस किसिमका सीपमूलक र आयआर्जनमूलक तालीमहरूको आयोजना गर्ने योजना बनाएको छ, जसले गर्दा स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउनमा थप सहयोग पुग्नेछ ।








