जेष्ठ १९,२०८३ / १२ : ५७ पूर्वान्ह / 2026-06-02 12:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौँका वडा नं. ८ मा ऐतिहासिक ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको पुनर्निर्माण

      - १ वर्ष अगाडि
      भाद्र ४,२०८१

      काठमाडौँ महानगरपालिकाको वडा नं. ८ मा दुईवटा ऐतिहासिक फल्चाको पुनर्निर्माण पूरा भएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ नामक फल्चाहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।

      महानगरको सम्पदा र पर्यटन समितिका संयोजक तथा वडाध्यक्ष आशामान संगतले आज यी फल्चाहरूको उद्घाटन गरे । ‘ग्वलः दे फल्चा’ १९९० सालको भूकम्पपछि नष्ट भएको थियो । वडाध्यक्ष संगतका अनुसार, घरको भित्तामा भेटिएको शिलापत्रको अध्ययन र झन्डै ५० वर्ष पुरानो विवरण पुस्तिकाको फोटोमा आधारित भएर यस फल्चाको पुनर्निर्माण गरिएको हो । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनर्निर्माण नेपाल संवत् ८७३ मा भएको उल्लेख गरिएको छ ।

      फल्चा पुनर्निर्माणको लागि वडाले १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । यो फल्चा १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको छ, जसको कुल क्षेत्रफल ९१ वर्ग फिट हो ।

      त्यसैगरी, ‘ध्वाखा छेँ’ नामक नरसिंह फल्चा १९औं शताब्दीमा निर्माण गरिएको अभिलेख छ । ठमेलका बसोबासि कमान नरसिंह कर्णेलले निर्माण गराएको भएकाले यसको नाम नरसिंह राखिएको हो । यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भनिन्छ ।

        सम्बन्धित समाचारहरु