विराटनगर, मोरङ्गको विराटनगर स्थित केसलिया खोलामा निमार्णधिन इक्राइ घाटको एरीयामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएकोे छ ।
नेकपा एमाले विराटनगर ४ नम्बर वडा कमिटि को आयोजना र वडा समितीको संयोजनमा शनिबार बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमालेका केन्द्रिय नेता बिनोद ढकालको प्रमुख आतित्थ्यमा सम्पन्न भएको उक्त बृहत बृक्षारोपण कार्यक्रममा २ सय बिरुवा बृक्षारोपण गरिएको थियो ।
बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि तथा पार्टी कमिटीका नेता बिनोद ढकालले बृक्षारोपण प्राकृतिक र बातावराणीय हिसावले आँफैमा राम्रो भएको त्यसमाथि पनि खोलाको कटानको संरक्षण लगायतका बिषयमा बृक्षारोपणको बिशेष महत्व रहेको बताउदै आयोजक कमिटिलाई धन्यबाद दिएका थिए ।
उक्त स्थान बिराटनगरको बडा नं ४ र ५ दुबै वडाको सिमाना भएकाले बिशेष घाटको लागि उपयुक्त ठाँउ भएको समेत उनले बताए । नेता ढकालले बिराटनगरको उत्तर पश्चिम क्षेत्रमा ब्यवस्थित घाटको आवश्यकता देखिएकाले यसको औपचारीक सुरुवात बृक्षारोपणबाट गरिएको भन्दै खुसी ब्यक्त गरे ।
बिराटनगर ४ र ५ को सिमाना क्षेत्रको रुपमा महानगर पालिकाले पनि संरक्षण गरिरहेको उक्त क्रेसलिया खोलामा बिशेष इक्राइ घाटको रुपमा विकास गर्नको निमित्त र त्यसलाई ब्यवस्थित गर्न बृक्षारोपण कार्यक्रम गरेको वडा अध्यक्ष जितेन थापाले बताए । अन्य बडाको तुलनामा विराटनगर ४ न. बडा. जनसड्ख्या र भौगोलिक दृष्टिकोणले पनि ठुलो भएको बताउदै इक्राई खोलामा बन्ने इक्राई घाटको निमार्णले ४ र ५ बडाका जनताहरु परोपकार घाट पुग्नुपर्ने बाध्यताबाट मुक्त हुने छन् ।
इक्राई खोलामा बन्ने घाटले सुनसरी जिल्लाको पनि बोडर सिमा भएकाले मोरड मात्र नभएर सुनसरी जिल्लाका जनतालाई पनि राहत हुने देखिएको वडा अध्यक्षको बुझाई छ ।
उक्त बृक्षारोपण कार्यक्रम सम्पन्न पछि त्यसलाई ब्यवस्थित गर्न संम्वन्धित क्षेत्रसंग समन्वय गर्ने बडा कमिटीले योजना बनाएर अगाडी बढ्ने वडा कमिटका अध्यक्ष नवराज काफ्ले बताए ।
लामो समय देखि खाली रहेको सो जमिमा घाट बन्ने भए पछि सो क्षेत्रका स्थानीयबासी उत्साहित हुँदै बृक्षारोपण कार्यक्रममा सहगागि भएका थिए ।
उक्त वृक्षरोपन कार्यक्रममा विराटनगर महानगरपालिका, मोरङ्ग बुदिजिवी संघका अध्यक्ष सोमराज थापा, नगर कमिटीका अध्यक्ष सागार थापा तथा सम्र्पूण पदाधिकारीहरु यस्तै जील्ला कमिटी सचिवालय सदस्य सरस्वती भडारी,तथा सम्र्पू पदाधिकारीहरु यस्तै वडा कमिटीका पदाधिकारीहरु तथा स्थानियको उपस्थिती रहेको थियो ।