काठमाण्डौ, वैदेशिक रोजगार बोर्डले विभिन्न तालिम प्रदायक संस्थाहरूमार्फत् पाँच सय जना महिलाहरूलाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ । उक्त तालिम विभिन्न तालिम प्रदायक संस्थाहरूमार्फत् एक महिना सम्म दिइनेछ ।
बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले तालिम लिएका महिलाहरूले सिलाई कटाई कामका लागि कुनै शुल्क नतिरी जोर्डन जान सक्ने बताएका छन्।
आगामी असारको पहिलो साताबाट काठमाडौंका विभिन्न ९ वटा तालिम प्रदायक संस्थाहरूमार्फत् गार्मेन्ट मेसिन अप्रेटर तालिम दिइनेछ ।
यो तालिम १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका महिलालाई दिइनेछ। तालिम लिनका लागि राहदानी बनाइसकेको तथा राहदानी बनाउनका लागि राजस्व बुझाइसकेको हुनुपर्ने बोर्डले जनाएको छ ।
वैदेशिक रोजगार बोर्डले पाँच सय महिलालाई निःशुल्क तालिम दिएर जोर्डन पठाउने
चिनारी पोस्ट - १ वर्ष अगाडि
जेष्ठ २९,२०८०