बिराटनगर, शरीरले बुढ्यौलीको संकेत दिएको बर्षौ भइसकेको छ । तर झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ आँमडाँगी जागृती टोलका ७४ बर्षिय कर्णाखर चौलागाईको जोस र जाँगर अहिलेपनि १६ बर्षिय युवापुस्ताको जस्तै छ । मेहनतका अगाडी शारिरिक असक्तताले बाधा पुर्याउदैन भन्ने ज्वलन्त उदाहरण हुन कर्णखर्क चौलागाई ।
सानैमा डाकाले हिर्काएको लौरोको चोट सहेको उनका खुट्टाको घँुडाले अहिले पनि काम गर्दैन । त्यहि घुँडाले समयसंगै दर्जनौं पटक चोट पायो । जस्को कारण चौंलागाई अहिले पनि लाठीको साहराले हिडडुल गर्छन । तर उनको अठोट र अदम्य साहस भने अन्य मानिसको भन्दा कम छैन । उनले जिवनमा केही गरिरहने चाहाना र पौरखको अगाडी शारिरीक असक्तता कहिल्यै तगारो बन्न दिएनन् ।

७४ बर्षको उमेरमा पनि चौलागाई अहिले एउटा सुन्दर बगैचाका मालिक बनि झन्डै २ सय प्रजातिका बोटबिरुवाको बगैचा सम्हाल्दै आएका छन् । खेत मासेर यसले बोट बिरुवा लगाएर के गरिखान्छ भनेर प्रश्न गर्नेहरुनै अहिले जिल खान्छन । अहिले करीब अढाई बिगा क्षेत्रफलमा जडिबुटी र काठजन्य बिभिन्न प्रजातिका बोटविरुवा लगाएर बार्षिक ४ लाख आम्दानी गर्दै आएका छन् ।
प्रकृतीसंग रमाउने अनि आँफैसंग केहि शक्ति छ भनेर गर्न खोज्नु ठुलो कुरा हो भन्ने मान्यता लाई आत्मसाथ गर्र्दै आएका कर्णाखर चौलागाई २००५ सालमा स्वर्गीय पिता देवि प्रसाद आमा स्वर्गीय तारा देवि चौलागाईको कोखबाट काभ्रेको धुलिखेलमा जन्मिएका हुन । बाल्यकालमा बसाइसरेर झापाको मेचीनगर नगरपालिका आएका उनकोे बाल्यकाल सर्घषमै बित्यो । बाल्यकालदेखि नै जिवनमा धेरै उचारचडाव भोगेका चौलागाई सानैदेखि कर्ममा बिस्वास गर्ने बानीकै कारण अहिलेसम्म पनि आफुलाई बुढेसकालले छोएको महशुष नहुने बताउछन् । हात खुट्टा लागुन्जेल कर्म गरिरहनुपर्छ भन्ने मान्यताले गर्दा उनले अझैपनि आफुभित्र बर्षौदेखि रहेको केही गर्नुपर्छ भन्ने भावना जीवितै राखेका छन् ।

जव कर्णखरले बगैचाको निर्माण गरे त्यतिबेला वरपरका मानिसहरुले अहिले रोपेर कहिले खानु भन्दै कुरा गर्दै बाटो हिड्दा कताकता खल्लो लागेको सम्झिन्छन् । तर उनि हार नमानि निरन्तर आफ्नो कर्ममा लागिरहे । अहिले बगैचाको हेरचाहाको लागि २ जना सहयोगी समेत रहेका छन् । ७५ बर्षको उमेरमा पनि एउटा लौरीको साहराले यतिमा मात्रै सिमित नभएर उन्नत जातका गाई कुखुरा, टर्कि लगायतका पशुपंक्षी समेत पाल्दै आएका छन् ।
उनले गरेको ब्यवसायको क्षेत्र हात्ती पिडित क्षेत्र भएकाले ब्यवसाय गर्न त्यति सहज भने नभएको उनको धारणा छ । तर पनि कर्म गर फलको आशा नगर भन्ने उखानलाई आत्मसाथ गर्दै काममा बिश्वास गर्दै गए अवश्य फल पनि हातपर्ने कुरामा बिश्वस्तत छन् ।
अहिले उनले दिएको श्रम, मिहेनतको बगैचा परिवारका लागि मुख्य आम्दानीको स्रोत बनेको छ । पहिलो चरणमा सिमित बोटबिरुवा लगाएर व्यवसायिक खेति सुरु गरेका थिए । तर अहिले उनको बारीमा तेजपत्ता, मरीच, सुपाडी, चियापत्ति रामफल, जमुना, लिचि, आँप, कागती, भोगटे, लगायत सबै प्रकारका फलफुलदेखि जडीबुटिको रुपमा प्रयोग हुने हर्रो, बर्रो, अमला, कपुर, अर्जुनगाछ, रुद्राक्ष, रक्तचन्दन जस्ता जडिबुटीहरुको उत्पादन भईरहेको छ ।
६ देखि ८ लाखको लगानीमा सुरु गरिएको यो बगैचाको व्यवसायले अहिले बर्षिक ३ देखि ४ लाखको आम्दानी गर्दै आएका छन् । हाल उनको बगैचामा १०० जातका जडिबुटीजन्य बोटबिरुवा छन् भने १०० जातका अन्य विभिन्न प्रजातिका बोटबिरुवाले बगैचालाई स्वर्गजस्तै सजाएका छन् । उनको हरेक बिहानीको सुरुवात त्यहि जडिबुटीको सेवनबाट हुन्छ । त्यतिमात्रै होइनसमाजसेवि भावना भएका उहाँले बगैचामा रहेको नर्सरीबाट गाँउभरी बोट बिरुवा बाँड्दै आएका छन् ।

मेहनत गरे के हुदैन भन्ने एक ज्वलन्त उदाहरण हुन कर्णखर्क । अहिले उनको बगैचामा कृषिका विद्यार्थी देखि अन्य मानिसहरु अवलोकन तथा भ्रमणको लागि आउने गर्छन् । कृषिमा धेरै योगदान पुर्याएका भएका उनले अर्वाड तथा थुप्रै सम्मानहरु पाइसकेका छन् ।
कर्णखरका अझैपनि भावी योजनाहरु पुरा हुन बाँकी नै छन् । इटाभट्टा, माछा पालन, ठेक्का पट्टा, किराना पसल मिल लगायतका धेरै ब्यवसायमा असफलता भोगिसकेका उनि ७५ बर्ष उकालो काट्नै लाग्दा पनि आफुसगं भबिश्यमा गर्ने थुप्रै योजना बाँकी रहेको बताउछन् । शारिरीक रुपमा अशक्त भएर लठ्ठिको साहारामा हिडिरहेका चौलागाई भबिष्यमा संसारकै भरपर्दो औषधिको रुपमा हुने रक्तचन्दन, बिजयसाल, खमारीको बुटाको मुर्ती तथा भाडाकुडा बनाउने लगायत अन्य धेरै इच्छा रहेको बताउछन् । त्यसबाहेक सुपारीको खवटाको दुना टपरी बनाउने, तेजपत्ता लगायतका जडिबुटी जन्य बोटबिरुवाबाट औषधि बनाउने लक्ष्य रहेको बताउछन् ।
बाल्यकालदेखि नै सबैलाई प्रेम गर्ने मिजासिलो स्वभाव भएका कर्णखर हातखुट लागुन्जेल आफु बुढो भए भनेर हरेस नखान आफ्ना उमेरका जेष्ठ नगरिकहरुलाई सुझाउछन् ।

आँफुले परिवारसगं मिलनसार भइदिने उमेरले जेष्ठ हो भन्ने सोचले पुरानै कुरामा अल्झिए आफु पनि खुसी हुन नसकिने र अरुलाई पनि खुसी राख्न नसकिने उहाँको धारणा छ । जिवनमा धेरै सर्घषका कथा ब्यथा बोकेर पनि हाँसीखुसी दिन बिताइरहेका कर्णखर चौलागाई जिवनमा सबैभन्दा ठुलो सफलता भनेको कर्म प्रतिको सन्तुष्टि भएको बताउछन् ।








