वैशाख २०,२०८१ / ०३ : २२ पूर्वान्ह / 2024-05-02 03:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनकोसी नदीमा बेपत्ता भएका सीटीईभीटीका कर्मचारी खोज्न गोताखोर परिचालन गरिँदै

      - ३ हप्ता अगाडि
      जेष्ठ १९,२०८०

      काठमाडौं । गाडी खसेर सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीका लागि गोताखोर परिचालन गरिने भएको छ ।

      प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले दिएको जानकारी अनुसार अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीले स्थानीयको सहयोगमा खोजी गरिरहेका छन् । उद्धारको लागि सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ९ जना र काठमाडौं  सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल  नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको छ ।

      सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब ११ः३० बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा गाडी खसेको थियो । गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए । तीनै कर्मचारीको अवस्था अज्ञात छ । प्रहरीका अनुसार गाडीका चालक पौडिएर बाँच्न सफल भएका छन् ।

        सम्बन्धित समाचारहरु