काठमाडौ, कृषि तथा पशुपालान तर्फ कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ ।
कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो ।
भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ ।
दोस्रो चरणको परीक्षा भने फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ । दोस्रो चरणको सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुनेछ ।