माघ १९,२०७९ / ०९ : २५ अपरान्ह / 2023-02-02 09:25 pm

        अनुमतिविनाका परिचय पाटी हटाउन महानगरको चेतावनी

        - एक हप्ता अगाडि
        असोज ७,२०७९

        अनुमतिविनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ ।

        केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ ।

        सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने महानगरको सूचनामा उल्लेख छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको