युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवाले करिब ३५ करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेका छन्।
दुबईमा कार सफा गर्ने काम गर्दै आएका ३१ वर्षीय भरत विश्वकर्माले महजोज ज्याकपटको चिठ्ठा जितेका हुन्। आफ्ना दुई साथीहरुसँग मिलेर चिठ्ठाको टिकट खरिद गरेका भरतले उक्त पुरस्कार पनि साथीहरुसँग बाँडेर लिने बताएका छन्।
चिठ्ठा जितेसँगै भरतले आफूले जितेको रकम आफ्नो परिवारको लागि र ब्रेन ट्युमरको कारण प्यारालाइसिस भएका भाइको उपचारको लागि खर्च गर्ने बताएका छन्। उनका ३ र पाँच वर्षका दुई सन्तान छन्।