माघ १९,२०७९ / ०८ : १० अपरान्ह / 2023-02-02 08:10 pm

        चाडपर्व लक्षित गर्दै करिब ४०० नयाँ बस थप्ने व्यवसायीको तयारी

        - एक हप्ता अगाडि
        असोज २,२०७९

        यातायात व्यवसायीले २०७९ को दशैँमा २० लाख बढी यात्रु बाहिरिने बताएका छन्। कोभिड महामारीको कारण २ वर्ष रोकिएका यात्रु बाहिरिने व्यवसायीको अनुमान छ ।  

        यातायात व्यवसायीले असोज १ गतेदेखि नै अग्रिम टिकट बुकिङ सुरु गरेका छन । लामो दूरीको टिकट काट्न नयाँ बसपार्कमा सर्वसाधारणहरु लाइन बसेका छन । यातायात कम्पनीले अहिले एसी, डिलक्स र नर्मल अवस्थाको टिकट काट्न सक्नेछन । 

        केही यातायात कम्पनीले अनलाइनबाट दशैँको टिकट बुकिङ खुल्ला गरेका छन । 

        व्यवसायीहरुले सामान्य अवस्थामा पालैपालो बस सञ्चालन गर्दै आएका छन्। यात्रुको मागअनुसार बसको संख्या बढाउँदै जान्छन्। तर दशैँमा एकतर्फी बढी यात्रु जाने हुँदा त्यसलाई व्यवस्थापन गर्न अप्ठ्यारो रहेको व्यवसायीको भनाइ छ। 

        त्यस्तै यातायात व्यवसायीले चाडपर्व लक्षित गर्दै करिब ४०० नयाँ बस थप्ने भएका छन् । अधिकांश यातायात व्यवसायीले दशैंको समयमा नयाँ बस थप्ने गरेका छन् । 

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको