माघ १९,२०७९ / ०८ : ४७ अपरान्ह / 2023-02-02 08:47 pm

        गृह मन्त्रालय र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति , आन्दोलन स्थगित

        - २ हप्ता अगाडि
        असोज १,२०७९

        मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिसँग सरकारले शनिबार ५ बुँदे सहमति गरेको छ । सहमतिपछि संघर्ष समितिले गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ।

        काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि पीडितहरु आन्दोलनमा थिए । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो ।

        सहमतिमा मन्त्रालयका तर्फबाट मीटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन्।

        मन्त्रालय र समितिबीच मीटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणिका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको