माघ १९,२०७९ / ०९ : ०९ अपरान्ह / 2023-02-02 09:09 pm

        काठमाडौं महानगरपालिकाका सार्वजनिक क्षेत्रमा धुम्रपान निषेध

        - २ हप्ता अगाडि
        भाद्र ३०,२०७९

        काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ । 

        महानगरपालिकाले एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । 

        सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न  महानगरले सबैमा अनुरोध गरेको छ ।

        कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ । 

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको