पौष १७,२०८२ / ०५ : ४६ पूर्वान्ह / 2026-01-01 05:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुपथ मूल्य पसल सञ्चालन हुँदै

      - ३ वर्ष अगाडि
      भाद्र २९,२०७९

      सरकारले असोज १ गतेदेखि चाडपर्वलाई लक्षित गर्दै सस्तो पसल सन्चालनमा ल्याउने तयारी गरेको छ । 

      सरकारले काठमाडौं उपत्यकाका ४ स्थानसहित ४१ जिल्लाका ४४ स्थानमा सस्तोमा खाद्यान्न बेच्ने भएको छ । चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालन कात्तिक १५ गतेसम्म हुनेछ । यस्तो खालको पसल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गर्नेछ । 

      कम्पनीले विगतका वर्षहरुमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । यस पटक सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्न खाद्य तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । यो गत वर्षको भन्दा बढी रकम हो । गत वर्ष १ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको थियो । काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, भक्तपुर र नख्खुमा गरी ४ ठाउँबाट खाद्यान्न बिक्री वितरण हुनेछ । यो पसल बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d