पौष १७,२०८२ / ०५ : ४६ पूर्वान्ह / 2026-01-01 05:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      बाँसको झाडीमा महिलाको शव फेला , बलात्कारपछी हत्याको आशंका

      - ३ वर्ष अगाडि
      भाद्र २८,२०७९

      धनुषाको शहिदनगर नगरपालिका– ३, यदुकुहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीय एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान स्थानीयवासीले नहरको डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

      मृतक महिला शहिदनगर नगरपालिका– ३, यदुकुहा बजार निवासी रहेको बताइएको छ । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिएको प्रहरीले जानकारी दिएको छ् । 

      प्रहरी उपरीक्षक बसन्त रजौरेसहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेको छ । प्रहरीले कुकुरको मद्दतबाट घटनामा संलग्नको खोजी गरिरहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d