असार १४,२०७९ / ०८ : १७ अपरान्ह / 2022-06-28 08:17 pm

        नेपालभर लकडाउनकोे अवधिमा २ हजार २१८ ले गरे आत्महत्या

        - १ वर्ष अगाडि
        श्रावण १०,२०७७

        काठमाडौँ, नेपालभर बन्दाबन्दीको अवधिमा देशका विभिन्न भागमा गरी २ हजार २१८ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।  

        प्रहरीका अनुसार, २०७६ चैत ११ गते बन्दाबन्दी सुरु भएको दिनदेखि २०७७ साउन ४ गते बन्दाबन्दी सकिएको अवधिको तथ्याङ्क सार्वजनिक गर्दै आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष छन् । केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीका अनुसार, सो अवधिमा पुरुष एक हजार १७२, महिला ८११, बालिका १४१ र बालक ९४ जनाले आत्महत्या गरेका छन् ।

        यसैगरी, २०७६ चैत १ देखि २०७७ असार ३१ सम्मको तथ्याङ्क विश्लेषणका आधारमा भने अघिल्लो सोही अवधिको तुलनामा आत्महत्याको सङ्ख्या दुई दशमल्लव १६ प्रतिशतले कमी आएको प्रहरीले जनाएको छ । यस अवधिमा दुई हजार २६७ जनाले आत्महत्या गरेको उजुरी प्रहरीमा दर्ता भएको छ ।

        प्रहरीको तथ्याङ्क अनुसार लकडाउनको अवधिमा सबैभन्दा बढी आत्महत्या झुण्डिएर एक हजार ८२८ जनाले गरेका छन् जसमा महिलाभन्दा बढी पुरुष रहेको छन् । त्यस अवधिमा ९६९ पुरुष र ६५५ महिलाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै झुण्डिएर आत्महत्या गर्ने बालक ७८ र बालिका १२६ जना रहेका छन् ।

        यस्तै झुण्डिएर पछि दोस्रोमा विष खाएर आत्महत्या गर्ने धेरै छन् । यस अवधिमा कुल ३४६ जनाले विष खाएर आत्महत्या गरेको र त्यसमा १७६ पुरुष १४० महिला रहेका छन् भने १६ बालक र १४ बालिका रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

        विष खाएपछि धेरैले हाम फालेर पनि आत्महत्या गरेका छन् । यस अवधिमा १९ जनाले हाम फालेर, १२ जनाले डुबेर, आठ जनाले औजार वा हतियरा प्रयोग गरेर, चार जनाले आगो लगाएर, एक जनाले करेन्ट लगाएर पनि आत्महत्या गरेका छन् ।

          सम्बन्धित समाचारहरु