असार ११,२०७८ / ०३ : ५१ अपरान्ह / 2021-06-25 03:51 pm
      • Salt Trading

      ह्याकरद्वारा सरकारी कार्यालयका डाटा लिक

      - १ वर्ष अगाडि
      वैशाख ३,२०७७

      काठमाडौं , भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लिक गरेर चर्चामा आएको एक ह्याकरले पुनः विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटा सार्वजनिक गरिदिएको छ ।

      ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी कार्यालयहरुको यूजरनेम र पासवर्ड नै ह्याक गरेर सार्वजनिक गरिदिएको छ ।

      उसले कृषि विकास मन्त्रालय र त्यस अन्तरगतका निकाय, राष्ट्रिय मुस्लिम आयोग, केन्द्रीय पुस्तकालय लगायतका सरकारी कार्यालयको साइट ह्याक गर्दै डाटा लिक गरेको हो ।

      ह्याकरले नेपालका आधिकारीक डोमेन रजिस्टरको जानकारी सार्वजनिक गर्दै ती डाटाहरु भने सुरक्षित भएको दाबी गरेको छ ।

      सो ह्याकरले नेपालको डटएनपी डोमेन दर्ता गर्ने कम्पनी मर्कन्टायल अफिस अटोमेसनलाई चेतावनी दिँदै उनीहरुको सिस्टममा नै प्रवेश गरेको जनाएको छ ।

      सातान ह्याकरले ईकमर्श सर्भिस दराज डटकम डट एनपी, कान्तिपुर दैनिकको बेवसाइटको डाटाहरु समेत ह्याक गर्ने चेतावनी दिएको छ ।

      ती कम्पनीका वेबसाइटहरु सुरक्षित बनाउन उसले सल्लाह दिएको छ।

      यसअतिरिक्त नेपाल विद्युत प्राधिकरणको डाटाहरु समेत ह्याक गरिदिने उसले ट्वीटमार्फत चेतावनी दिएको छ ।

      यसअघि सातान नामक सोहि ह्याकरले भायनेटका करिब १ लाख ७० हजार डाटाहरु लीक गरिदिएको थियो ।

        सम्बन्धित समाचारहरु