श्रावण २२,२०७९ / ०९ : २० अपरान्ह / 2022-08-07 09:20 pm

        टिकटकबाट पनि कोरोना भाइरसबारे जानकारी

        - २ वर्ष अगाडि
        फागुन २०,२०७६

        काठमाडौं, टिकटकमार्फत पनि कोरोना भाइरसबिरुद्धका सावधानीका उपायहरु सार्वजनिक भएका छन् ।

        टिकटकले भाइरससम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताहरूको लागि विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटको लिङ्क राखिदिएको हो ।

        कोरोना भाइरससम्बन्धिको जानकारीमुलक सन्देश राखिएको विश्व स्वास्थ्य सङ्गठनको टिकटक खातामा लाखौं फलोवर्स जोडिएका छन् ।

        कोरोनासम्बन्धी गलत सूचना अनलाइनमार्फत कम गराउन र सन्देशात्मक सूचना प्रभाव गर्ने उद्देश्यले फागुन १६ गते शुक्रबारदेखि संगठनले टिकटक अकाउन्ट सुरू गरेको हो ।

        यसअघि बिश्व स्वास्थ्य संगठनले आफ्नो फेसबुक,  ट्वीटर र इन्स्टाग्राममा भाइरसको रोकथाम र सावधानीको इन्फोग्राफि राखिसकिएको छ ।

          सम्बन्धित समाचारहरु