श्रावण २४,२०७९ / ०२ : २० अपरान्ह / 2022-08-09 02:20 pm

        वाईफाईको स्पिड बढाउने ५ उपाय

        - २ वर्ष अगाडि
        फागुन ४,२०७६

        काठमाडौं, वाईफाईको सुस्त गतिले तपाई पक्कै पनि हैरान हुनु भएको होला । वाईफाईको स्पीडबाट समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँ आफैंले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

        केही यस्ता तरिका छन जसले तपाईँको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ ।

        १ राउटरलाई अग्लो स्थानमा राख्ने - तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यदि तपाईँले राउटरलाई भुईँमा राखनुभएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभाइसमा पुग्न सक्दैन् । त्यसैले वाईफाई राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइसमा पुरा सिग्नल आउँछ ।

        २ राउटरको क्षमता निश्चित गर्ने - हरेक वाईफाई राउटरमा क्षमताको निश्चित सीमा तोकिएको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ ।

        राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । त्यसैले तपाईँको वाईफाई राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नुहोस् । यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टि लेखिएको हुन्छ ।

        ३ राउटरको वरिपरी मेटल नराख्ने - वाईफाई राउटरको अवस्था र राखेको स्थान ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ । वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफाईको वरिपरि सकेसम्म मेटलका सामग्रीहरु नराख्नुहोस् । त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । 

        ४ राउटर राख्ने दिशाको सुनिश्चितता - वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले सिग्नल पठाउने गर्दछ । त्यसैले जुन दिशामा वा स्थानमा बसे पनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस् ।

        ५ रिपीटर डिभाइसको प्रयोग - उल्लेखित टिप्सहरु प्रयोग गरिसक्दा पनि वाईफाई सिग्नल कमजोर छ भने तपाईँले त्यसको लागि वाईफाई रिपीटर लगाउनु उपयुक्त हुन्छ । वाईफाई रिपीटरलाई कतै कतै वाईफाई सिग्नल बुस्टर डिभाइसको नामले बुझ्ने गरिन्छ । यो सानो उपकरणले तपाईँको वाईफाई राउटर र डिभाइसको दूरी केहि बढि भए पनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ ।

          सम्बन्धित समाचारहरु