चैत ३,२०८२ / ०४ : २८ अपरान्ह / 2026-03-17 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      तपाईंको फेसबुक अकाउन्टको मुल्य कती होला ?

      - ६ वर्ष अगाडि
      माघ २६,२०७६

      सन २००४ मा स्थापना भएको फेसबुक वर्षेनी अबौँ रुपैयाँ नाफा बढाउँदै लगेको छ । कम्तिमा दुई करोड प्रयोगकर्ता दैनिक एकै समयमा सक्रिय अवस्थामा रहँदा फेसबुकले आफ्नो मुनाफालाई ह्वात्तै बढाउन सफल भएको हो । फेसबुकले मूलतः दुई तरिकाले कमाई गरिरहेको खुलेको छ ।

      फेसबुकमा विज्ञापन र कन्ट्रयाक्ट प्रमोशनको माध्यमबाट एवंम आफ्ना प्रयोगकर्ताको डाटाको माध्यमबाट फेसबुकले आम्दानी गर्दै आएको छ । डाटाको हिसाबले एक अमेरिकी प्रयोगकर्ताको फेसबुक प्रोफाइलको मुल्य २३ हजार नेपाली रुपैयाँ हुन आउँछ ।

      वर्ष २०१८ र २०१९ मा फेसबुक डाटा प्राइभेसीहरुको निकै विवादहरुबाट घेरिएको थियो । तर पनि फेसबुकले सन् २०१९ को अन्तिम त्रैमाशिकमा ६.८८ बिलियन डलर नाफा कमाएको छ ।

      यसबाट कम्पनीको कुल मुनाफा ३० प्रतिशतले बढेर १६.६४ बिलियन डलर  पुगेको छ । यस समयमा दैनिक फेसबुक चलाउने र मासिक रुपमा फेसबुक चलाउने दुबैमा करिब ९ प्रतिशतले बढोत्तरी भएको छ ।

      फेसबुकजस्ता फ्रि वेबसाइटहरुले प्रयोगकर्तालाई फ्रिमा प्रयोग गर्न दिएर डाटालाई संकलन गर्दछन र त्यसैको आधारमा विज्ञापनहरु प्रसारण गरेर पैसा कमाउँने गरेको खुलेको हो ।यस आधारमा प्रयोगकर्ताको फेसबुक एकाउन्टको मूल्य समेत निकालिएको छ ।

      विज्ञहरुले उदाहरण दिदै यसबारे अझ प्रष्ट पारेका छन ।यदी कसैको फेसबुक डाटाको पुरा फाइल ९४० एमबीको छ । त्यसमा गएको तीन वर्षदेखि प्रयोगकर्ताले फेसबुक चलाउँदै आएको छ भने यस फाइलमा प्रयोगकर्ताको पूरा जानकारी रहेको हुन्छ ।

      जस्तो प्रयोगकर्ताले हालसम्म फेसकबुकमा के शेयर गर्‍यो, त्यसमा पर्सनल वा अन्य पोस्टहरु, फोटोहरु, साथीहरुसँग गरेको च्याटहरु रहेका हुन्छन् ।

      यसबाहेक ती इभेन्टहरु पनि रहेका हुन्छन जसमा प्रयोगकर्ताको उपस्थिति रहेको हुन्छ । जस्तो कहिले कलेज ज्वाईन गर्नुभयो, कति वर्ष समयसम्म रिलेशनसिपमा रहको, तपाईँले कहिले कुन लिङ्क वा विज्ञापनमा क्लिक गरेको आदी ।

      यी सबै जानकारी फेसबुकसँग रहेको हुन्छ जसलाई फेसबुकले बिश्लेषण गरेर प्रयोगकर्ताको बारेमा केहि अनुमान पनि बनाएर राख्ने गर्दछ ।

      यावत आधारमा फेसबुकले विज्ञापनदातालाई ती डाटालाई बेच्दछ । यस्तो प्रोफाइलमा विश्वका अन्य फेसबुक प्रोफाइलको तुलनामा अमेरिकी फेसबुक प्रोफाइल पाँच गुणा महङ्गो रहेको पाइएको छ ।

      युजरका प्रोफाइलहरुको एक वर्ष पहिलेको रेटमा हिसाब गर्दा एक अमेरिकी नागरिक बराबर औसत २ सय डलर अर्थात नेपाली करिब २३ हजार रुपैयाँ हुन आउँछ ।

      त्यस्तै विश्वका अन्य युजरहरुको डाटा करिव ४ हजार ५०० रुपैयाँ हुन आउँदछ । यस आधारमा पाली फेसबुक प्रयोगकर्ताको एकाउन्टको मुल्य औषतमा करिव ४ हजार ५ सय रुपैयाँको रहेको मान्न सकिन्छ । नेपालमा करिब ९१ लाख यूजर फेसबुकमा रहेको अनुमान छ।

      एजेन्सिको सहयोगमा 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d