श्रावण २२,२०७९ / ०९ : ५८ अपरान्ह / 2022-08-07 09:58 pm

        एप्पलले पनि ल्याउदैछ स्मार्टफोन

        - २ वर्ष अगाडि
        माघ २०,२०७६

        आइफोन बनाउँदै आएको सफल कम्पनी एप्पलले पनि सस्तो स्मार्टफोन बजारमा ल्याउने भएको छ । यसको तयारीस्वरुप आईफोन नाइनको परिक्षण उत्पादन सुरु भएको छ । परिक्षण सफल भए फेब्रुअरी तेस्रो साता विश्व बजारमा स्मार्टफोन सार्वजनिक हुनेछ ।

        बजारमा जानुभन्दा अघि त्यसमा कुनै समस्या नदेखियोस भन्दै कम्पनीले परिक्षण उत्पादन सुरु गरेको जनाएको छ । यस अघि कम्पनीले उक्त रेन्जमा आईफोन एसई ल्याएको भएता पनि हाल त्यसको उत्पादन बन्द भइसकेको छ ।

        कम्पनीले तुलानात्मक रुपमा सस्तो मूल्यका स्मार्ट फोन पनि उत्पादन सुरु गर्ने तयारी गरेको छ । यसले मध्य तथा न्यून आयस्तर भएका उपभोक्तालाई पनि गुणस्तरीय सामग्री खरिदमा मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

          सम्बन्धित समाचारहरु